रेमिटर्स एशोसिएसनको अध्यक्षमा सुमन पोखरेल, रेमिटेन्स क्षेत्रको समस्या समाधानमा लाग्ने

काठमाडौं। नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन्। उनी आइएमई रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्।

एशोसिएसनको विहिबार भएको १३औं साधारणसभाबाट पोखरेल निर्वाचित भएका हुन्। एशोसिएसनको उपाध्यक्षमा सिटी एक्सप्रेसका चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिटका रितेश मित्तल र कोषाध्यक्षमा सूर्य रेमिटका संजय सिग्देल र सचिवमा आइपे रेमिटका इन्द्र शर्मा निर्वाचित भएका छन्।

एशोसिएसनका सदस्यमा हिमाल रेमिटका युमा श्रेष्ठ,युनाइटेड रेमिटका प्रविन अधिकारी र इजी लिंकका दीपेन्द्र खनाल निर्वाचित भएका छन्। अध्यक्ष निर्वाचित भएपछि पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानका लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाए।

Top