अर्को बैंकको एटीएमबाट पैसा झिँक्दा शुल्क लाग्ने, इन्टरनेट बैंकिङ पनि अब छैन निःशुल्क

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब अर्को बैंकको एटीएम प्रयोग गर्दा २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ । आज बैंक तथा वित्तीय संस्थताहरुको लागि नयाँ व्यवस्था गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो ।

यस्तै, राष्ट्र बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्ने सेवाग्राहीको लागि पनि शुल्क तोकेको छ भने ग्राहकले मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम तथा पासवर्ड भुलेमा आफै रिसेट गर्न सक्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तर बै‌ंकिङ् शुल्क र मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयाेगमा शुल्क नलिन निर्देशन दिएको थियो । त्यसैले पनि सेवाग्राहीहरुले निशुल्क रुपमा मोबाइल तथा इन्टरनेट बैंकिङको प्रयोग गर्दै आएका थिए । अब भने सेवाग्राहीले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्दा शुल्क तिर्नु पर्ने भएको हो ।

Top