कोरोनापछि मात्र २६ हजार नेपाली भिजिट भिसामा बाहिरिए

काठमाडौं । कोरोनाको कारण स्थगित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि मात्र २६ हजार ४९ जना जना नेपाली भिजिट भिसामा बाहिरिएका छन् ।

कोरोनाको असर नेपालमा देखिन सुरु भएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो ।

सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात् भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले पीसीआर परीक्षण सहज भएका देशहरूबाट सर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको थियो ।

अध्यागमन कार्यालयअनुसार साउनदेखि मंसिरसम्म १ लाख ६० हजार जना विदेशबाट नेपाल आएका छन् भने ८९ हजार ८९० जना विदेशिएका छन् ।

Top