जापान बाट मानबहादुर खत्री ले जिते सिटी एक्स्प्रेस को १२ लाख !!!

सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजना अन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार रु १२,००,०००र( को लक्कीड्र«मा परी मान बहादुर खत्री विजेता घोषित हुनुभएको छ । सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक श्री चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) द्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरियो । यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १०८० जनाले रु २००र( को मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले रु १०,०००र( नगद र ३ जनाले रु १००,०००र( नगद प्राप्त गरिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० र( को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा रु १०,००० र( तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १००,००० र( र अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १२,००,००० र( बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो १२ औं बार्षिकोत्सवको उपलक्ष्यका साथै दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस “लखपति एक्सप्रेस” योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।

0 0 vote
Article Rating
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Top
1
0
Would love your thoughts, please comment.x
()
x