कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई भरोसा कोषको रकम वितरण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को हामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आईएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ ।

आईएमई ग्रुपद्वारा प्रदेश नं. २ को राजधानी जनकपुरमा आयोजित एक विशेष कार्यक्रमबीच प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्राहीलाई चेक हस्तान्तरण गरे ।

कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ ।

कोरोना भाइरस (कोभिड–१९)का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोषको स्थापना गरेको हो ।

कोषले विभिन्न प्रदेशमा सहयोग रकम हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ भने प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा छिट्टै नै सहयोग रकम हस्तान्तरण गर्ने योजना बनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Top