विद्युतीय माध्यमबाट हुने रेमिटेन्स भुक्तानी सीमा घट्यो, १ लाखको भुक्तानी ६० हजारमा झर्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि काम गर्न अनुमति लिएका संस्थाहरुले गर्ने आन्तरिक रेमिटेन्स कारोबारको सीमा घटाएको छ।

राष्ट्र बेंकले गत असार ३१ गतेदेखि एक लाख रुपैयाँसम्म आन्तरिक रेमिटेन्स भुक्तानी गर्न पाउने ब्यवस्था गरेको थियो। गत शुक्रबार यो ब्यवस्थालाई संशोधन गर्दै भुक्तानी सिमा ६० हजार रुपैयाँमा झारेको हो।

राष्ट्र बैंकले विदेशमा रहेका नेपाली नागरिकहरुले आर्जन गरेको रकम विद्युतीय माध्यमबाट नेपालमा विप्रेषण कम्पनीह/बैंकहरुबाट नियुक्त एजेन्ट र सबएजेन्टमार्फत भुक्तानी गर्न सक्छन्।

यस्ता एजेन्ट वा सब एजेन्टहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा अनिवार्य रुपमा सम्बन्धित विप्रेषण कम्पनीहरुको सिस्टम प्रयोग गरी प्रति ब्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम ६० हजार रुपैयाँसम्म मात्र कारोबार गर्न सक्ने छन्।

Top