मनिग्राम र इसेवा मनी ट्रान्स्फर बिच साझेदारी

काठमाडौं । मनीग्राम इन्टरनेसनलले एफवान सफ्ट ग्रुपको सहायक कम्पनी इसेवामनी ट्रान्स्फरसँग साझेदारीको घोषणा गरेको छ । यस साझेदारीमार्फत विश्वभरी रहेका मनीग्रामका ग्राहकले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा सुरु भइसकेको छ भने इसेवावालेट पनि सुरुवातको तयारिमा रहेको कम्पनीले जनाएको छ ।

खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सकिने जनाइएको छ ।

Top