वेस्टर्न युनियनले घरघरमै रेमिट्यान्स पुर्‍याइदिने

काठमाडौं । वेस्टर्न युनियनले अन्नपूर्ण ट्राभल एन्ड टुर्स तथा हुलास रेमिट्यान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको छ । एजेन्टको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरूलाई आफ्नो घरबाट बाहिर ननिस्की आफ्ना प्रियजनले पठाएको रकम प्राप्त गर्नेछन् ।

सरकारले कोरोना भाइरसबाट नागरिकको सुरक्षाका लागि लकडाउन र प्रतिबन्ध लागू गरेपछि अन्नपूर्ण ट्राभल एन्ड टुर्स तथा हुलास रेमिट्यान्सले उनीहरूको रकम घरमै पु-याउने भएको हो । होम डेलिभरी सुविधा आइतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुनेछ ।

Top