कपी कागजपत्रबाट पनि विदेशी मुद्राको भुक्तानी, युजान्स एलसीको अवधि असारसम्म थप्न सकिने

काठमाडौं। ओरिजिनल कागजपत्रबाट मात्र मालसामान छुटाउँदा भुक्तानी गर्न पाइने ब्यवस्थालाई राष्ट्र बैंकले खुकुलो पार्दै कपी डकुमेन्टु बाट गर्न पाइने सुविधा मिलाएको छ।

हाल विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० को महामारीको अवस्था सामान्य नभएसम्म प्रतितपत्र मार्फत् आयात हुने मालसामानको हकमा इस्युइङ बैंकले सर्त प्रक्रिया पूरा भएको अवस्थामा कपी डकुमेन्टको आधारमा भुक्तानी गर्न सक्ने ब्यवस्था गरिदिएको हो।

प्रतितपत्रमा उल्लेख गरिए बमोजिमका कागजातहरुको स्क्यान प्रति सम्बन्धित बैंकको आधिकारिक इमेलबाट इस्युइङ बैंकको आधिकारिक इमेलमा प्राप्त गरेको हुनु पर्ने छ। ओरिजिनल डकुमेन्ट कुरियरमार्फत पठाइएको उल्लेख भएको भुक्तानी निर्देशन सहितको आधिकारिक स्फिट म्यासेजु सम्बन्धित बैंकबाट इस्युइङ बैंकले प्राप्त गरेको हुनु पर्ने छ।
ओरिजिनल डकुमेन्ट तथा त्यो अनुसारको सामान प्राप्त नभएमा र विदेशी विनिमय अपचलन भएमा यसको सम्पूर्ण जिम्मेवारी निवेदकको रहने छ। यो व्यहोराको प्रतिबद्धता पत्र इस्युइङ बैंकले निवेदकसँग लिनुपर्ने हुन्छ।

यस्ता प्रक्रियाहरुसहित भुक्तानी सम्बन्धी अन्य प्रावधान पालना हुने गरी इस्युइङ बैंकले भुक्तानी गर्नसक्ने छन्। डीएपी र डीएएमार्फत हुने आयातको हकमा यो व्यवस्था लागू हुने छैन।

प्रतितपत्र संशोधन सम्बन्धी विद्यमान प्रावधानहरु पालना हुने गरी व्यापारीक फर्महरुले खोलेका युजान्स एसीको अवधि २०७७ असार मसान्तसम्म थप गर्न सकिने भएको छ। यसरी थप गरिएको अवधिमा शुल्क रब्याज तिर्नुपर्ने देखिएमा ६ महिनाको लाइबरमा तीन प्रतिशतसम्म ब्याज तिर्न सकिने छ।

Top