राकुटेन भाइबरको प्रयोग ४ गुणाले बृद्धि

काठमाडौं । राकुटेन भाइबरले विश्वव्यापी रुपमा उब्जिएको महामारी कोभिड–१९ लाई लक्षित गर्दै यो परिस्थितिमा मानिसहरुलाई आफ्नो परिवारजन, साथीभाइ र सहकर्मीहरुसँग सम्पर्कमा रहिरहने कार्यमा मद्दत गर्न उल्लेख्य संख्यामा नयाँ पहलकदमीहरु र मुख्य विशेषताहरुका साथ आफ्नोे क्षमतामा वृद्धि गरेको छ

हाल विश्व नै स्व–क्वारेन्टाइन तथा घरमा बस्ने नीतिको पालना गर्ने अभ्यास गरिरहेको वर्तमान अवस्थामा भाइबरका नयाँ डिजिटल विशेषताहरुले मानिसहरुलाई एकजुट बनाइरहेको छ र यसले उत्पन्न महासँकट विरुद्ध लड्न सकारात्मक मानसिक व्यवहारको विकास गर्न सघाऊ पु(याइरहेको छ । विश्वव्यापी रुपमा यो एपको प्रयोगमा आएको उल्लेखनीय वृद्धि यसैको परिणाम भएको जनाएको छ ।

गएको केही हप्ताहरुमा उपलब्ध समग्र माध्यमहरुमा मानिसहरुको सहभागीता बढेको पाइएको छ । यस अवधिमा सर्वाधिक लोकप्रिय विशेषता अहिले खास गरेर सामूहिक सन्देशहरु र कलहरुसहित सञ्चार माध्यममा देखिएको छ । सामूहिक सन्देशहरु प्रेषित १३४ प्रतिशत ज्यादा छन् र सामूहिक कलहरु प्राप्त गरेको संख्या हेर्दा बितेको २ हप्तामा सरदर भाइबर प्रयोगकर्ताहरुको संख्या ३७० प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

यस्तै समुदाय संलग्नताको सालाखाला संख्यामा पनि ७८ प्रतिशतले वृद्धि भएको छ । नेपालमा सामूहिक कलहरु यसभन्दा अघिको तुलनामा ४ गुना बढी गरिएको पाइएको छ र समुदाय भ्यूजको संख्या पनि ६६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

कोभिड–१९ को महामारी फैलिएदेखि नै भाइबरले आफ्नोे क्षमता बढाएको छ र नयाँ पहलकदमीहरु पनि प्रस्तुत गरेको छ भने अझ धेरै आउने क्रममा नै छन् । एपले अडियो कलमा एकपटकमा सहभागी हुन सक्नेहरुको संख्यामा समेत वृद्धिगरेर ५ बाट २० पुर्‍याएको कम्पनीले जनाएको छ ।

Top