दक्षिण पूर्व एसियामा नेपालको कोरोना अवस्था सामान्य छः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण पूर्व एसियामा रहेका देशहरूको तुलनामा नेपालमा कोरोनाभाइरस कोभिड १९० को अवस्था सामान्य रहेको जनाएको छ।

मन्त्रालय प्रवक्ता डा। विकास देवकोटाले भुटानपछि नेपालमा कोरोना संक्रमित संख्या थोरै रहेको र अहिलेसम्म कसैको पनि मृत्यु नभएको भन्दै स्थिति सामान्य रहेको बताए।

‘संक्रमित र मृत्यु दरलाई हेर्दा हामी भुटानपछि दोस्रो स्थानमा छौं। त्यसैले नेपालमा स्थिति ठिकै छ,’ उनले भने।

उनले परीक्षणमा पनि भुटान र माल्दिभ्सपछि नेपाल अगाडि रहेको बताए। मन्त्रालयले अन्य देशका मन्त्री र राज्यमन्त्रीसँगको भर्चुअल कुराकानीबाट पनि नेपालको स्थिति ठिकै रहेको भन्न सकिने जनाएको छ।

प्रवक्ता देवकोटाले नेपालमा ५१ जना संक्रमित रहेपनि अधिकांशमा लक्षण नरहेको र सबैको अवस्था सामान्य रहेकाले पनि स्थिति सामान्य रहेको देखाउने बताए। जसमा १६ जना निको भएर डिस्चार्ज भएका छन्।

आजमात्र वीरगन्जका दुईजना स्थानीयमा कोरोना संक्रमण देखिएको छ। उनीहरूलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

Top