रोजगारदाताका समस्या सुनुवाइको लागि कतार सरकारले सुरु गर्यो हटलाइन सेवा Technology by Remit Khabar - 26/04/20200 कतार – कतार सरकारले त्यहाँका रोजगारदाताका समस्या सुन्न हटलाइन सेवा सञ्चालनमा ल्याएको छ कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाताका समस्याहरुलाई मध्यनजर गर्दै हटलाइन सेवा सञ्चालनमा ल्याएको हो । विभिन्न क्षेत्रमा कार्यरत कुनै पनि कामदारहरुलाई रोजगारदाताले उपलब्ध गराउने खाना, सुरक्षित बस्ने प्रबन्ध तथा सुरक्षित कार्यस्थलको व्यवस्थापन सम्बन्धमा कुनै समस्या परेमा मन्त्रालयको हटलाइन नम्बर ४०२८०६६० मा सम्पर्क गरी आफूलाई परेका समस्याहरु राख्न सकिने छ । यी समस्याहरूको सम्बन्धमा मन्त्रालयले आवश्यक सहजीकरण तथा समाधान गर्ने जनाएको छ । यो भन्दा पहिले नै कतार सरकारले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विभिन्न उपायहरु अपनाउन निर्देशन दिइसकेको छ । निर्देशनअनुसार अर्को सूचना नआएसम्म कम्पनीले कामदारलाई दिनमा ६ घण्टा मात्र काममा लगाउन पाउनेछन् । यस्तै श्रमिकको नियमित स्वास्थ्य परीक्षण तथा कार्यस्थल सुरक्षामा विशेष जोड दिन कतार सरकारले निर्देशन दिएको छ । निर्देशनको पालना नगर्नेलाई कडा कारबाही गर्ने कतार सरकारले जनाएको छ ।