प्रतिरोधी पासपोर्ट वितरणले भाइरस झन् बढाउन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठनले सरकारहरूलाई ‘प्रतिरोधी क्षमता भएको पासपोर्ट’ वा ‘खतरामुक्त प्रमाणपत्र’लाई लकडाउनलाई खुकुलो बनाउने बाटो नबनाउन भनेको छ।

उसले रोगबाट निदान पाएर एन्टीबडीको विकास गरेका व्यक्तिहरूलाई पुनः दोश्रो पटक सो भाइरसले आक्रमण गर्दैन भन्ने कुनै प्रमाण नभएकाले त्यस्तो नगर्न भनेको हो।

ती कदमहरूले भाइरस संक्रमण झन् बढाउन सक्ने उसको चेतावनी छ।

केही सरकारहरूको कोरोनाबाट निको भएका व्यक्तिहरूलाई यात्रामा वा काम फर्किन अनुमति दिने हेतुले त्यस किसिमका प्रमाणीकरण कागज दिने तयारीमा रहेका बखत विश्व स्वास्थ्य संगठनको यस्तो चेतावनी दिएको हो।

भाइरसको संक्रमण फैलिन नदिन मानिसहरूको आवतजावतमा लगाइएको रोगले विश्व अर्थतन्त्रमा नराम्ररी प्रभावित पारेको छ। त्यसैले गर्दा धेरै देशहरू जतिसक्दो लकडाउन खोल्ने समय पर्खेर बसिरहेका छन्।

‘अहिलेसम्म कोभिड-१९ बाट निको भएका र शरीरमा एन्टीबडी भएका मानिसहरू दोश्रो संक्रमणबाट जोगिन्छन् भन्ने कुनै प्रमाण छैन’, विश्व स्वास्थ्य संगठनले आफ्नो एक ब्रिफिङ नोटमा भनेको छ।

अहिलेसम्म गरिएका अध्ययनहरूमा अधिकांश अध्ययनले कोरोनाबाट निको भएकाहरूको रगतमा त्यसको एन्टीबडी हुने र केही मानिसहरू त्यो न्यून मात्रामा मात्र पनि हुने देखाएको छ।

‘महामारीको यस अवस्थामा, ‘प्रतिरोधी क्षमता भएको पासपोर्ट’ वा ‘खतरामुक्त प्रमाणपत्रहरू’ दिनेगरी एन्टीबडीको प्रभावकारिता पुष्टि भएको छैन’, विश्व स्वास्थ्य संगठनको प्रेस नोटमा भनिएको छ।

गत हप्ता चिल्लीले कोरोना भाइरसबाट निको भएकाहरुलाई ‘स्वास्थ्य पासपोर्ट’ वितरण गर्न योजना बनाएको थियो। त्यहाँका अधिकारीहरुका अनुसार एन्टिबडीहरूको उपस्थितिले भाइरसबाट प्रतिरक्षा गराउन सक्छ। ‍

तर बेल्जियमका एक सरकारी सल्लाहकारले भने त्यस्ता पासपोर्टको कडा विरोध गरेका छन्।

‘मानिसहरूलाई आफ्नो सेरोलोजी स्थितिको आधारमा पासपोर्ट हरियो वा रातो दिने भन्ने कुरामा म सहमत छैन,’ बेल्जियम सरकारको जोखिम निर्धारण समूह र कोरोना भाइरसको वैज्ञानिक समितिका सदस्य भाइरोलोजिस्ट प्राध्यापक मार्क भान रान्स्टले भने।

‘यसले मानिसहरुलाई जालसाजीतर्फ डोर्याउँछ जसले गर्दा उनीहरू जानाजान भाइरसबाट संक्रमित हुन सक्छन्। त्यसकारण यो राम्रो विचार होइन, एकदम नराम्रो विचार हो,’ उनले भने।

Top