Japan Money Express (JME) र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्झौता

जापानको ख्याति प्राप्त रेमिटान्स कम्पनी Japan Money Express (JME) र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ ।
अब जापानमा रहनु भएका नेपालीहरुले Japan Money Express (JME) को सेवा प्रयोग गरी जि.एम.इ रेमिटको माध्यमबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिनेछ ।

नेपालमा जि.एम.इ रेमिट सँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै नगद भुक्तानी लिन सकिनेछ र वर्षको ३६५ दिन नै JME मार्फत पठाएको रकम Real Time मा नेपालको जुनसुकै बैंकको खातामा जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले ब्यवस्था रहेकोछ ।
उक्त सम्झौतामा जि.एम.इ रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दिवाकर पौडेल र Japan Money Express (JME) को तर्फबाट एचभकष्मभलत श्री अजीब गुरुङ्ग President ले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
जि.एम.इ रेमिट प्रा.लि ले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्दै विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

Top