नेपाललगायतका देशलाई अत्यावश्यक स्वास्थ्य सामग्री दिन कतारद्वारा निर्देशिका जारी

काठमाडौं– कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्री दिन कतारले निर्देशिका जारी गरेको छ।

‘कतार ट्राइव्युन’का अनुसार कतारका राजा तमिम बिन अहमद अल थानीले नेपाल लगायत रुवान्डा र ट्युनिसियालाई अत्यावश्यक स्वाथ्य सामग्री दिन निर्देशिका जारी गरेका हुन्।

महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय योगदान स्वरुप कतारले इरान, गाजा र इटालीमा पनि स्वास्थ्य सहयोग पठाइसकेको छ।

Top