बिदामा घर आएका नेपाली श्रमिक आफ्नै खर्चमा कोरिया फर्किन पाउने

काठमाण्डौ – सरकारले कोरियाबाट बिदामा घर आएकालाई आफ्नै खर्चमा जान चाहेमा विमान चार्टर गरेर पठाउने भएको छ

दक्षिण कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा भएका तर बिदामा घर आएर अहिले नेपालमै रहेकाहरु कोरिया फर्किन पाउनेछन् । यसरी जान चाहनेहरुले स्वास्थ्य परीक्षण गराइ आफ्नै खर्चमा जान अनुमति दिइने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

यस्तै कोरियन भाषा परीक्षा ९ईपीएस० उत्तीर्ण गरेर रोजगारीको लागि कोरिया जाने प्रक्रियामा रहेका तर सम्झौता पत्रमा हस्ताक्षर गर्न नपाएकाले लकडाउन खुलेपछि हस्ताक्षर गर्न पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बिदामा कोरियाबाट स्वदेश फर्केका तर लकडाउनका कारण कोरिया फर्किन नपाउँदा भिसाको म्याद सकिएकाहरुले पनि म्याद थपको लागि निवेदन दिन सक्नेछन् ।

यसको लागि सम्बधित व्यक्तिलाई ईपीएस शाखाको इमेलमा आफ्नो विवरण पेश गर्न ईपीएस शाखाले आग्रह गरेको छ । विवरण पेश गर्दा आफ्नो मोबाइल नम्बर अनिवार्य उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

Top