संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूको विवरण संकलन गरिँदै Technology by Remit Khabar - 29/04/20200 काठमाडौं । संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूको विवरण संकलन सुरु भएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड १९० को प्रकोपबाट संयुक्त अरब इमिरेट्समा बसोबास गर्ने नेपालीको यस संक्रमणजन्य एवं अन्य समस्याहरूको निराकरणका लागि विवरण संकलन गर्न लागेको नेपाली दुतावास बताएको छ । यस कार्यलाई अझ व्यवस्थित एवं प्रभावकारी रूपमा सम्पादन गर्ने उद्देश्यले यूएईमा रहेका नेपाली नागरिकहरूको वैयक्तिक विवरण संकलन गर्न यस राजदूतावासको आधिकारिक वेबसाइट (ae.nepalembassy.gov.np) वा दिइएको लिङ्कमा उपलब्ध फाराम भरी पेस गर्न सकिने बताएको छ ।