स्पेनमा लक डाउन हटाउन यसरी हुँदैछ तयारी

काठमाडौं : स्पेनले कोरोना भाइरस संक्रमण रोकथामका लागि लगाइएको लक डाउन ४ चरणमा हटाउने योजना अघि सारेको छ । स्पेन सरकारका अनुसार आउँदो जुन महिनाको अन्तिमसम्ममा लक डाउन पूर्णरुपमा हट्ने अनुमान गरिएको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले हरेक क्षेत्रमा बढ्दो संक्रमणको गम्भीरतालाई ध्यानमा राख्दै फरक–फरक गति र फरक–फरक किसिमले लक डाउन हटाउने योजना बनाइएको आन्तराष्ट्रिय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

स्पेनको ४ द्वीपमा सबैभन्दा पहिला मे महिनाको ४ तारिखमा लक डाउन हटाइनेछ । त्यसपछि विस्तारै अरु क्षेत्रमा पनि लक डाउन हटाइने योजना छ । मान्छेहरुलाई बाहिर निस्किंदा पर्याप्त सुरक्षा उपाय अपनाउन भनिएको छ । मास्क लगाउनुपर्नेछ ।

एकैपटक ठूलो संख्यामा भीडभाड हुन दिइनेछैन । सार्वजनिक स्थलहरुमा अझै कडाई नै छ । स्पेन कोरोनाबाट निकै प्रभावित भएको देशमध्ये एक हो । स्पेनमा २ लाख ३२ हजार १२८ जना संक्रमित हुँदा झन्डै २४ हजार जनाको ज्यान गएको छ ।

Top