अमेरिकामा कोरोनाबाट १५ नेपालीको मृत्यु, १ हजार संक्रमित

वासिङटन डिसी : अमेरिकामा कोरोना भाइरस संक्रमणबाट थप १ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ ९अप्रिल ८ तारिख गते उनी अस्पतालमा भर्ना भएका थिए । उनी समेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जना रहेका छन् ।

मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारी अनुसार १५ जनामध्ये सबैलाई कोरोना संक्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना संक्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ ।

उनले भने, ‘अरु रोग लागेका व्यक्तिमा कोरोना संक्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधात्मक क्षमता कमजोर गराई मृत्यु नजिक पुर्याउने गरेको देखिन्छ।” यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवलाई मंगलबार अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिए ।

अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाह गृहसम्म पुर्याउने काममा भण्डारी महत्वपूर्ण सहयोग गर्दै आएका छन् । एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा। सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको जानकारी दिए ।

एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ ९अप्रिल २५० सम्म संकलन गरेको तथ्यांकमा विभिन्न २५ देशमा रहेका २ हजार ३२ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस संक्रमणबाट मुक्त गराउन सफल भएका छन् । संख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा १ हजार नेपाली संक्रमित भएका छन् । अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना नेपाली रहेको तथ्यांक छ ।

Top