साउदीमा ३१ नेपाली कोरोना सङ्क्रमित, ६ जना निको, २५ जना अस्पतालमा

काठमाण्डौ – साउदीको जेद्दा क्षेत्रभित्र २६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ ।

यसमध्ये एक जना निको भएको र २५ जनाको अस्पतालमा उपचार भइरहेको साउदीको जेद्दामा रहेको महावाणिज्य दूतावासले जनाएको छ । यस्तै यसअघि सङ्क्रमित पाँच जना नेपाली नागरिक भने उपचारपछि निको भएको साउदीका लागि नेपाली राजदूत डा। महेन्द्रप्रसाद सिंह राजपुतले बताउनुभयो ।

दूतावासका अनुसार साउदीमा अहिलेसम्म जम्मा ३१ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । साउदीमा अहिलेसम्म २२ हजार ७ सय ५३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यसमध्ये ३१ सय ६३ जना निको भएका छन् भने १९ हजार ४ सय २८ जनाको अस्पतामा उपचार भइरहेको छ । साउदीमा अहिलेसम्म कोरोनाको कारण १६२ जनाको ज्यान गएको छ ।

Top