श्रम स्वीकृति लिएर पनि विदेश जान नपाएकालाई सरकारले काम दिने

Symbolic Pic

काठमाण्डौ : श्रम स्वीकृति लिएर पनि कोरोना भाइरसको कारण विदेश जान नपाएकाहरुलाई सरकारले न्यूनतम रोजगारी दिने भएको छ ।

मन्त्रिपरिषद्को वैशाख १४ गतेको बैठकले पारित गरेको कार्यविधि अनुसार श्रम स्वीकृति लिएर पनि विदेश जान नपाएकाहरुलाई पालिकाहरुमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम र अन्य निर्माणका काममा लगाउन सकिनेछ ।

यसको लागि पालिकाहरुले श्रम स्वीकृति लिएर पनि विदेश जान नपाएकाहरुको र विदेशबाट फर्किएकाहरुको विवरण संकलन गरी रोजगार सेवा केन्द्रमा सूचीकृत गर्ने र उत्पादनशील क्षेत्रमा लगाउनेछन् ।

यो व्यवस्थालाई २०७७ सालको असार मसान्तसम्म निरन्तरता कार्यविधिमा उल्लेख छ ।

Top