दक्षिण पूर्वी एसियामा सिंगापुरमा सबैभन्दा धेरै कोरोना संक्रमित

सिंगापुर । दक्षिण एसियामा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या सिंगापुरमा छ । सिंगापुरमा पछिल्लो एक दिनमा नयाँ कोरोना संक्रमितको संख्या ९३२ ले थपिएको छ । ६० लाख जनसंख्या भएको सिंगापुरमा कोरोना संक्रमितको संख्या १७ हजारभन्दा बढी पुगेको छ ।

सिंगापुरमा सबभन्दा संक्रमितहरु आप्रवासी कामदार रहेको जनाइएको छ । यसअन्तर्गत पनि निर्माण क्षेत्र र घरभित्रै काम गर्नेहरु बढी संक्रमित भएको बताइएको छ । टिप्पणीकारहरुले भने सिंगापुरका अधिकारीहरुले आप्रवासी कामदारको जोखिमका बारेमा ध्यान नदिएको आरोप लगाएका छन् ।

यद्यपि सिंगापुर सरकारले भने कोरोना संक्रमितको परीक्षणदेखि उपचारसम्म निस्शुल्क गरिरहेको छ । सिंगापुरमा अत्यावश्यकबाहेक आवतजावतमा प्रतिबन्ध लगाएको छ भने ठूलो संख्यामा आप्रवासीहरुलाई क्‍वारेन्टाइनमा राखिएको छ ।

Top