वैशाख २५ पछि काठमाडौंमा लकडाउनको नयाँ मोडालिटी लागू हुने

काठमाडौं, १९ वैशाख :कोरोना महामारी नियन्त्रणमा कहिलेसम्म आउला रु यो प्रश्नको उत्तर सजिलो छैन । लकडाउन कहिलेसम्म रु यो झन जटिल प्रश्न बनेको छ ।

सरकारले देशको राजधानी काठमाडौं उपत्यकामा भने लकडाउनको नयाँ मोडालिटी लागू गर्ने भएको छ । वैशाख २५ गतेसम्म पनि उपत्यकामा कोरोना संक्रमणको नयाँ बिरामी फेला नपरे काठमाडौंका नागरिकहरु घरमै थुनिनु नपर्ने भएको छ ।

सरकारी उच्च स्रोतका अनुसार उपत्यकामा लागू गरिने नयाँ मोडालिटीको लकडाउनमा उपत्यका छिर्ने नाकाहरु कडाईपूर्वक बन्द गरिनेछ । निजी सवारी साधन पनि अवस्था हेरेर जोर(बिजोर लागू गर्दै चलाउनेबारे पनि तयारी सुरु भएको बताइएको छ ।

मुख्यसचिवको नेतृत्वमा भनेको लकडाउनको मोडालिटीबारे गृहकार्य गरिरहेको समितिका अनुसार अत्यावश्यक स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्रीका बिक्रीस्थल भने खुला रहने भए पनि भिडभाड हुने स्थानहरु भने खुल्ने छैनन् । विद्यालय, क्याम्पस, रेष्टुरेन्ट, बार, सपिङ मल र जिम सेन्टरहरु भने बन्दै रहेनेछन् ।

यसरी काठमाडौं आंशिक खुल्नका लागि भने काठमाडौंमा वैशाख २५ गतेसम्म कुनै पनि नयाँ संक्रमण नदेखिएको अवस्था हुनुपर्ने उच्च स्तरीय समितिका एक सदस्यले जानकारी दिए ।

Top