बितेको २४ घण्टामा यी देशहरुमा देखिएन कोरोना असर

काठमाडौं :विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर फ्रान्समा बितेको २४ घण्टामा देखिएको छैन् । हालसम्म फ्रान्समा कोरोनाको कारण २४ हजार ३ सय ७६ जनाको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ६७ हजार १ सय ७८ जना मानिसमा संक्रमण देखिसकेको छ । तर बितेको २४ घण्टामा त्यहाँ कसैमा पनि कोरोना संक्रमण नदेखिएको साथै कसैको पनि कोरोनाको कारण नगएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै अर्को मुलुक पेरुमा पनि बितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि ज्यान नगएको र संक्रमित पनि नथपिएको तथ्यांकले देखाएको छ । तर हालसम्म त्यहाँ कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ हजार ५१ पुगेको छ । भने यो समाचार तयार पार्दासम्म त्यहाँ ३६ हजार ९ सय ७६ जनामा कोरोना संक्रमपण देखिएको छ ।

त्यस्तै आएरल्याण्डमा पनि बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म त्यँहा कोरोनाको कारण १ हजार २ सय ३२ जनाको ज्यान गइसकेको र २० हजार ६ सय १२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।

जापानमा हालसम्म कोरोनाको कारण ४ सय ३० जना मानिसको ज्यान गइसेको छ । भने १४ हजार ८८ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । तर बितेको २४ घण्टामा त्यहाँ कोरोना संक्रमित नथपिएको साथै कसैको पनि कोरोनाको कारण ज्यान नगएको तथ्यांकले देखाएको छ ।

त्यस्तै अर्को देश कोलम्बियामा पनि बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म त्यहाँ कोरोनाको कारण २ सय ९३ जनाको ज्यान गइसकेको छ । भने हालसम्म ६ हजार ५ सय भन्दा बढी मनिसमा कोरोना संक्रमण फैलिएको छ ।
त्यस्तै घानामा पनि बितेको २४ घण्टामा कोरोना भाइरसको असर देखिएको छैन् । हालसम्म त्यहाँ कोरोनाको कारण १७ जना मानिसको ज्यान गइसकेको छ । भने २ हजार ७४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै अर्कोे मुलुक नाइजेरियामा कोरोनाको कारण हालसम्म ५८ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ १ हजार ९ सय ३२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने बितेको २४ घण्टामा त्यहाँ कोरोनाको असर नदेखिएको तथ्यांकले देखाएको छ ।

कोरोना भाइरसको कारण हालसम्म विश्वभर २ लाख ३६ हजार ९ सय ८६ जनाको ज्यान गइसकेको छ । भने ३३ लाख ५६ हजार २ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । साथै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या १० लाख ६७ हजार ६ सय ७० पुगेको छ ।

Top