
काठमाडौं । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१२ वटा देशमा फैलिसकेको छ ।
अहिलेसम्म विश्वमा २ लाख ३९ हजार ६०२ जनाको मृत्यु भएको छ भने ३४ लाख १ हजार २ जनालाई संक्रमण भएको छ ।
त्यस्तै विश्वमा ५१ हजार ३५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १० लाख ८१ हजार ५९९ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यो समाचार तयार पार्दासम्म छिमेकी देश भारतमा १ हजार २२३ जनाको मृत्यु भएको छ भने ३७ हजार २५७ जनालाई संक्रमण भएको छ ।
शुक्रवार मात्र भारतमा कोरोना भाइरसको महामारीका कारण २ हजार ३९४ जना नयाँ संक्रमित थपिएका छन् भने शुक्रवार नै ६९ जनाको मृत्यु भएको छ ।