कोरोना कहर : हवाई क्षेत्रमा पौने २ लाखको रोजगारी जोखिममा

विश्वमा फैलिएको कोरोना भाइरसका कारण नेपालको हवाई क्षेत्रमा १ लाख ७५ हजारले १ सयले रोजगारी गुमाउने अवस्था सिर्जना भएको छ । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन् (आयटा)ले एसिया प्यासिफिक क्षेत्रका देशमा कारोनाका कारण हवाई क्षेत्रमा पारेको प्रभावको प्रतिवेदन सार्वजनिक गर्दै नेपालका सन्दर्भमा यस्तो प्रक्षेपण गरेको हो ।

आयटाले प्रतिवेदनमा भनेको छ, “सन् २०१९ को तुलनामा २०२० मा नेपालको हवाई यात्रु ३९ प्रतिशतले र आन्तरिक यात्रुको संख्यामा कमी आउने छ । संख्याको आधारमा भन्ने हो भने करिब २६ लाख यात्रु यस वर्ष कम हुनेछन् भने गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र वाह्य गरेर ७३ लाख २० हजारले यात्रा गरेका थिए ।”

कोभिड–१९ का कारण हवाई क्षेत्रको संटकमा परेको जनाउदैं आयटाका रिजनल भाइस प्रेसिडेन्ट कोन्राड क्लिफिर्डले यो क्षेत्रलाई बचाउनको लागि सरकारले वित्तीय सहयोग गर्नु पर्ने बताएका छन् । उनले भनेका छन्, “यो समयमा एयरलाईन्स कम्पनीहरू आर्थिक संकटबाट गुजज्री रहेकोले भावी दिनमा यो क्षेत्रलाई बचाउनको लागि सम्बन्धित देशका सरकारले आर्थिक सहयोग गर्नको लागि प्याकेज ल्याउन ढिला गर्न नहुने अवस्था देखिन्छ ।”

गत वर्ष (सन् २०१९) को तुलनामा यस वर्ष एसिया प्यासिफिक देशहरूमा ३४ देखि ४४ प्रतिशतले यात्रु संख्यामा कमी आउने जनाउँदै तरलतामा कमी आउने र एयरलाइन्स संचालनमा समस्या आउने आयटाले जनाएको छ । क्लिफर्डले अगाडि भनेका छन,सम्बन्धीत देशका सरकारले एयरलाइन्स कम्पनीहरलाई ऋण प्रवाह गर्नु पर्ने, ऋणको सुनिश्चितता, बन्ड मार्केटलगायतबाट सहयोग गर्नुपर्ने भनेका छन् । गत वर्षको तुलनामा यस वर्ष ३७ प्रतिशत यात्रु कमी हुने र गत वर्षको तुलनामा ८८ बिलियन डलर आम्दनी गुम्ने भनेको छ । जुन महिनासम्म ३९ बिलियन अमेरिकी डलर घाटा हुने भनेको छ र गत वर्षको तुलनामा यस वर्ष ४ सय ९ मिलियन अमेरिकी डलर गुम्ने अनुमान आयटाले गरेको ।कोरोनाका कारण टिकट फिर्ताबाट ३५ विलियन डलर थप दायित्व थप एयरलाइन्स कम्पनीलाई परेको छ भने यस वर्षको दोश्रो त्रैमाससम्म ६१ अर्ब डलर नगद मौज्दातको जोखिम हवाई क्षेत्रमा रहेको भनेको छ ।

Top