काठमाण्डौमा मात्रै ३५९५ फेला : भयावह बन्दै कोरोना:

काठमाण्डौ । गत २४ घण्टामा हालसम्मकै दैनिक सर्वाधिक कोरोना संक्रमित फेला परेका छन् ।

देशभर गरिएको १६ हजार १४७ पीसीआर तथा ६२३ जनाको एन्टीजेन परीक्षणका क्रममा ७ हजार २११ मा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट भएको परीक्षणमध्ये ७ हजार १३७ र एन्टीजेनबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै आइतबार देशभर ४८ हजार ७११ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभरमध्ये एकैदिन काठमाण्डौ उपत्यकामा ३ हजार ५९५ संक्रमित फेला परेका छन् । उपत्यकामा काठमाण्डौमा २ हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ संक्रमित फेला परेका मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर २७ संक्रमितको ज्यान गएको छ भने १ हजार ६१२ डिस्चार्ज भएका छन् ।
Source: Bizsala

Top