‘५० प्रतिशतभन्दा बढी पारिश्रमिक दिन सक्दैनौं’

काठमाडौं : निजीक्षेत्रले अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशतभन्दा बढी पारिश्रमिक दिन नसक्ने बताएका छन् । निजीक्षेत्रका दुई छाता संठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले विज्ञप्ति जारी गर्दै कोभिड–१९ ले अत्यन्त कठिन अवस्था सिर्जना गरेकाले कर्मचारीलाई पूरै महिनाको तलब दिन नसक्ने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “श्रमिकको पारिश्रमिकको सम्बन्धमा नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्न ठूलो समस्या देखिएको छ ।” महासंघलगायत परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा अन्य निजी क्षेत्रका संस्थाको तर्फबाट सरकारलाई दिइएको संयुक्त सुझाव समेतलाई ध्यानमा राखी उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने धारणा उनीहरूको छ ।

उनीहरूले निजी क्षेत्रका तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी नेपाल सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्बन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्न आग्रह गरेका छन् ।

Top