लकडाउन मोडालिटी : कृषि र उद्योगमा खुकुलो, यातायात सञ्‍चालन गर्न नहुने सुझाव

काठमाडौं : सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ। लकडाउनको मोडालिटी परिवर्तन गरेर कृषि र उद्योगरकलकारखानामा सावधानी पूर्वक काम गर्ने तयारी रहेको छ।

सरकारले देशभित्र यात्रु ओसारपसारका लागि निजी तथा सार्वजनिक कुनै पनि सवारी साधन सञ्चालन अझै केही समय नगर्ने निष्कर्ष निकालेको छ। तर सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको २२औं समीक्षात्मक बैठकमा लकडाउन विभिन्‍न स्थानमा खुकुलो बनाउँदै लैजानुपर्ने सुझाव आएको थियो। बैठकमा चार वटै सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य मन्त्रालयलका अधिकारी उपस्थित थिए। उनीहरुले राजधानीमा पनि लकडाउन खुकुलो पार्नुपर्ने धारणा राखेका थिए। निजी तथा सार्वजनिक यातायात, शैक्षिक संस्था, बजार, सिनेमा हल र होटलररेस्टुरेन्ट केही समय बन्द नै राख्नुपर्ने सुझाव पनि आएको थियो। उक्त समितिको मंगलबार बस्ने बैठकले सरकारलाई सिफारिस गर्ने बताइएको छ।

त्यस्तै समितिले कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ। समितिले अहिलेसम्म गरेका प्रयासहरु सही दिशामा भएको निष्कर्ष निकालेको हो । समितिले कोरोना रोकथामबारे गरेका प्रयासहरु सही दिशामा नै भएको आजको बैठकमा समीक्षा गरिएको छु समितिका प्रवक्ता नारायणप्रसाद विडारीले भने लकडाउन यही वैशाख २५ गतेसम्म छ, सबै तयारी गरे मङगलबार बस्ने बैठकले केही निर्णयहरु गर्नेछ, त्यसको लागि गृहकार्य भइरहेको छ।

सबै अवस्थालाई सँगसँगै विश्लेषण गर्दै आर्थिक जनजीवनलाई अझ सहज पार्ने ढङ्गमा र रोगको सङ्क्रमणलाई आफ्नो नियन्त्रणमा राख्ने सिलसिलामा के गर्न सकिन्छ ? २५ गतेपछि कसरी अगाडि बढ्न सकिन्छ भन्ने खालको समीक्षात्मक बैठक आज भएको हो उनले भने, कोरोनाको जोखिम कम भएका केही पहाडी क्षेत्रहरुमा लकडाउन हटाउनुपर्छ भन्नेबारे संसदीय समितिबाट सुझावहरु आएको र ती सुझावलाई पनि मनन गरिएको उनको भनाइ छ।

Top