कोरोना प्रभाव अर्को वर्ष संचिति र रेमिट्यान्समा बढी पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिले कोभिडको प्रभाव यो वर्ष भन्दा पनि आगामी आर्थिक वर्षमा बढी पर्ने बताएका छन् । अर्थ समितिको आजको बैठकमा उनले आगामि वर्ष रेमिट्यान्स पनि घट्ने , प्रत्यक्ष वैदेशिक लगानी पनि नआउने हुँदा त्यसको प्रभाव विनिमय संचिति र शोधनान्तरमा पर्ने उनले बताए ।

रेमिट्यान्स घट्दा वित्तीय क्षेत्रमा तरलताको दबाब सिर्जना हुने उनको भनाई छ ।

वैदेशिक रोजगारी कटौती हुने र ती युवालाइ रोजगारी सिर्जना गर्न तरलता थप माग हुने अवस्था आउने तर नेपालमा आगामि वर्ष स्रोतको समेत दवाब सिर्जना हुने गभर्नर अधिकारीको भनाई छ । जसले गर्दा वित्तीय स्थायित्वमा पनि समस्या सिर्जना हुने उनको भनाइ छ । बाह्य क्षेत्रमा पर्ने दबावले आन्तरिक स्रोतमा पनि दवाब सिर्नजा हुने समेत उनले बताए ।

Top