थप १७ जनामा कोरोना संक्रमण , दुई महिने शिशु पनि संक्रमित

काठमाडौं । नेपालमा बुधबार १७ जना कोरोना संक्रमति थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा बुधबार पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

नेपालमा बुधबार १७ जना कोरोना संक्रमति थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा बुधबार पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

बुधबार कोरोना संक्रमण देखिनेमा ७ जना महिला र १० जना पुरुष रहेका छन् । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका छन् ।

संक्रमण देखिनेमा दुई महिनादेखि ६६ वर्षको उमेरसम्मका रहेका छन् ।

हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

Top