शेयर बजार तत्काल नखुल्ने, जेठ पाँचसम्म बन्द

काठमाडौँ , २५ वैशाख । मन्त्रीपरिषद्को बैठकले आगामी १० दिन लकडाउन थप गर्ने निर्णय गरेसँगै शेयर बजार पनि तत्काल नखुल्ने देखिएको छ।

अहिलेकै हिसाबमा लकडाउन भए शेयर बजार बन्द नै रहने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए।

उनले भने – ‘लकडाउन केहि खुकुलो भयो भने बजार पनि सोही हिसाबले खुलाउछौं ।’

देश लकडाउनमा गएसँगै शेयर बजार समेत गत डेढ महिनादेखि बन्द रहेको छ।

Top