व्यवसायीले फेरि भने- होटल बन्द गर्छौ, मजदूरको तलबमा सरकारले सहयोग गरोस्

काठमाण्डौ – होटल व्यवसायीहरुले कोरोनाको प्रभावका कारण होटल बन्द गर्नु नै अहिलेको सबैभन्दा उत्तम विकल्प भएको जनाएका छन् ।

होटल एसोसिएसन अफ नेपाल हानले बिहीबार विज्ञप्तिमार्फत सरकारले लकडाउन खुकुलो बनाउँदा अरु उद्योग खुल्न सक्ने भए पनि होटल खोल्न समस्या रहेको भन्दै केही समयसम्म होटल बन्द गर्नु नै उपयुक्त रहेको जनाउको छ ।

हानले भनेको छ, ‘कोरोनाको महामारीको कारणले नेपालमा केही समयसम्मविदेशीपर्यटकहरू आउने अवस्थानहुँदा यो अवस्थामाहोटल खुला राखी सञ्चालनगर्न कुनै आधार नभएको र खर्चका शीर्षकहरू निरन्तर बढीरहने भएकोले सदस्य होटलहरूको आकस्मिक बैठक तथा देशैभरिका तारे होटल, पर्यटकीय होटल, बुटिक होेटल, रिसोर्टहरू लगायतको आबद्धता रहेका क्षेत्रीय होटल संघहरूको निर्णयले केही समयको लागि सञ्चालन बन्द गर्दा उपयुक्त हुने देखिएको छ ।’

होटल बन्द हुँदा होटलमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई लामो समयसम्म पारिश्रमिक व्यवस्थापन गर्न कठिनाई हुने देखिएको पनि हानले जनाएको छ । कर्मचारीहरुको आधारभूत तलबमानको १२.५ प्रतिशतले हुन आउने रकम र प्रतिष्ठानमा विगतमा मौज्दात रहेको सेवा शुल्कवापतको प्राप्त गर्ने रकमसमेत थप गरी प्रतिष्ठानले ६ महिना सम्म दिने र अपुग रकम संघले माग गरे अनुसारको रोजगारी संरक्षण कोष स्थापना गरी सरकारको तर्फबाट कार्यरत श्रमिकहरुको लागि उपलब्ध गराइ तत्काल सम्बोधन गर्नुपर्ने हानको माग छ ।

उपयुक्त विकल्प आउन नसके ६ महिनामा परिस्थितिको समीक्षा गर्नेगरीे व्यवसाय बन्द गर्ने र व्यवसायीहरूले बाध्य भएर श्रम ऐन २०७४ बमोजिमको प्रक्रिया पूरा गरी श्रमिक कटौती गर्नेसम्मको निर्णयमा पुग्नुपर्ने बाध्यता रहेको हानले जनाएको छ ।

Top