कतारमा कोरोना संक्रमित नेपालीको संख्या २ हजार नाघ्यो Abroad by Remit Khabar - 09/05/20200 काठमाडौं-कतारमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २ हजार ३ सय पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म २ हजार ३ सय नेपालीहरू कोरोना संक्रमित भएका हुन्। कतारमा हालसम्म कोरोनाका कारण कुनै पनि नेपालीको ज्यान भने गएको छैन। पछिल्लो समय कतारमा कोरोना संक्रमणको दर उच्च रहेको पाइएको छ। कतारमा हालसम्म २१ हजार ३ सय ३१ जनामा कोरोना संक्रमण भएको छ। १३ जनाको मृत्यु भएको छ भने २ हजार ४ सय ४९ निको भएका छन् ।