कपिलवस्तुमा थप १० जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

२९ बैशाख: कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७ निवासी १८, १९, २०, २०, ३०, ३१, ३४ वर्षीय पुरुष र एक उमेर नखुलेका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको अवस्था सामान्य रहेको र स्वाथ्यकर्मीको सम्पर्कमै रहेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Top