२ प्रतिशतले घटेपछि १ घण्टा २३ मिनेटमै बन्द भयो सेयर बजार

काठमाडौं । ५०औं दिनमा खुलेको सेयर बजार १ घण्टा २३ मिनेटमै बन्द भएको छ । लकडाउन सुरु भएदेखि बन्द भएको सेयर बजारमा मंगलबार खुले पनि २ प्रतिशतले घटेपछि बन्द भएको हो ।

नेप्सेले सर्किट सीमा २ प्रतिशत र कारोबार समय २ घण्टा कायम गरेर बजार खोलेको थियो । बजार बन्द हुनुअघि नेप्से २५ दशमलव ३ अंकले घटेर १२ सय २६ दशमलव १५ अंकमा पुगेको थियो । नेप्से परिसूचकमा २.०२ प्रतिशतले गिरावट हुँदा साढे १० करोड रुपैयाँको कारोबार भयो ।

यसक्रममा ८७ कम्पनीका १ लाख ६ हजार कित्ता सेयर किनबेच भए । कारोबार खुलेदेखि नै नेप्से घट्दो क्रममा थियो । सेयर कारोबार १ बजेसम्म चल्नुपर्ने थियो ।

Top