नेपालमा पहिलो पटक नर्समा कोरोना संक्रमण पुष्टि

कपिलवस्तु जिल्लास्थित एक अस्पतालमा काम गर्ने नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले कपिलवस्तुमा मंगलवार संक्रमण पुष्टि भएका ९ जनामध्ये ८ जना कपिलवस्तु नगरपालिकाका क्वारेन्टाइनमा रहेका र १ जना जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्स (सिस्टर) मा कोरोना देखिएको बताए ।

‘८ जना क्वारेन्टाइनमा रहेका र १ जना अस्पतालमा काम गर्ने सिस्टर रहेको जानकारीमा आएको छ,’ उनले भने । अस्पतालकी नर्समा कोरोना संक्रमण भएको नेपालमा पहिलो पटक हो ।

तौलिहवा नगरपालिकाका प्रमुख किरण सिंहले स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी गराए । उनले भने, ‘मैले अस्पतालका मेसुसँग कुराकानी गरे । सबैजना स्वास्थ्यकर्मीको जाँच गरिएको हो । उहाँमा पोजेटिभ आएको छ ।’

तौलिहवा अस्पतालका मेसु डा. किसोर बञ्जाडेले आफूलाई पनि स्वास्थ्यकर्मीमा कोरोना देखिएको भन्ने खबर आएको बताए ।

प्रदेशको सामाजिक विकास मन्त्रीका प्रेस सल्लाहकार रुद्रहरि कुँवरले पनि स्वास्थ्यकर्मीमा कोरोना देखिएको पुष्टि गरे ।

Top