काठमाडौं र भक्तपुरसहित ६ जिल्लामा थपिए २६ संक्रमित, संक्रमितको संख्या २१७ News by Remit Khabar - 12/05/20200 काठमाडौं । काठमाडौं, भक्तपुर, सर्लाही, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा २६ जना संक्रमित थपिएका छन् । यसअघि मंगलबार बिहान ५७ जना कोरोना संक्रमित फेला परेका थिए । काठमाडौंकी ३३ वर्षीया महिला, भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष, सर्लाहीमा ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुष, महोत्तरीमा १६ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । पर्सामा २२, २८, २८, ३२, ४५, ६० वर्षीया महिलाहरु र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९ , ५५, ६१, ६१ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।