पाँच दिनमा २५ हजार उपत्यका भित्रिए

काठमाडौं, बैशाख ३१ । पछिल्लो पाँच दिनमा मात्रै विभिन्न नाका भएर करिब २५ हजार जना उपत्यका भित्रिएका छन् । जसमध्ये धेरैजसो अत्यावश्यक सामान बोक्ने सवारी लिएर आएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार उपत्यकामा दैनिक करिब तीन हजार सवारीसाधन भित्रिने गरेका छन् । ति सवारीहरुमा चालकबाहेक थप व्यक्ति हुने गरेका छन् ।

उपत्यका बाहिरबाट आउने सांसदहरुकै गाडीमा ५–६ जना आएका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘केही थप कार्यालय खुल्ने भएपछि सरकारी कर्मचारी पनि आएका छन्, उनीहरूबाट संक्रमण फैलने जोखिम छ

Top