कोरोना भाइरसले खाडी मुलुकमा ५८२ जनाको मृत्यु, १ लाख ७ हजारभन्दा बढी संक्रमित

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ५८२ जनाको मृत्यु भएको छ भने १ लाख ७ हजार २६४ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ५८२ जनाको मृत्यु भएको छ । त्यहाँ ४२ हजार ९२५ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २०३ जनाको मृत्यु भएको छ भने १९ हजार ६६१ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ७५ जनाको मृत्यु भएको छ भने १० हजार २७७ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा १७ जनाको मृत्यु भएको छ भने ३ हजार ७२१ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले कतारमा १४ जनाको मृत्यु भएको छ भने २५ हजार १४९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ९ जनाको मृत्यु भएको छ । त्यहाँ ५ हजार ५३१ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

Top