दुबई : मध्यरातमा नेपाली र बंगलादेशी कामदारको झडप, नेपाली कामदार घाइते

यूएई – संयुक्त अरब एमिरेट्स यूएईको दुबईमा कामदारहरुबीच झडप भएको छ ।

नेपाल फर्कन विमानस्थल पुगेका र फर्कन नपाएर दुबईमै अड्किएका नेपाली कामदार आक्रोशमा आएर झडपमा उत्रिएका हुन् ।

दुबईको जबिलआलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा रहेका नेपाली तथा बंगलादेशी कामदारबीच झडप भएको हो । झडपमा केही नेपाली घाइते भएका छन । घाइतेमध्येका एक नेपालीको टाउको तथा शरीरमा चोट लागेको छ भने अन्य केही नेपालीको शरीरमा नीलडाम बसेको छ ।

नेपाल फर्किन नपाएको आक्रोशमा त्यस कम्पनीमा कामदारले पहिलेदेखिनै समस्या सिर्जना गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले काम नहुँदा समस्यामा पर्ने भन्दै केही कामदारको भिसा रद्द गरेर नेपाल पठाउन विमानस्थल सम्म पठाएको थियो । तीनै कामदार नेपाल जान नपाउँदा थप आक्रोशिट हुने, डिप्रेसनमा जाने तथा जाँड रक्सी खाएर समस्या सिर्जना गर्दै आएको कम्पनीको भनाइ छ ।

दुई दिन पहिले जाँड रक्सी खाएर नेपाली कामदरको समूहले बंगलादेशी कामदारलाई हातपात गर्दै गेटपालेलाई कुटेका थिए । मंगलबार राति केही नेपाली युवाहरु कोठामै बसेर लुडो खेलिरहँदा होहल्ला गरेको भन्दै बंगलादेशी कामदारले नेपाली कामदारलाई कुटपिट गरेपछि झडप भएको हो ।

कुटपिटमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पिटिएका नेपालीले उपचार गरिदिए बंगलादेशी कामदारलाई माफ दिन प्रहरीलाई अनुरोध गरेका छन् । क्याम्पमा रहेका अन्य केही नेपालीलाई बंगलादेशी कामदारले पाइपले कुटेकोले शरीरमा सुम्ला उठेको, नीलडाम बसेको पीडितहरुले बताएका छन् ।

घटनाबारे जानकारी पाएलगत्तै एनआरएन यूएईका उपाध्यक्ष पासाङ शेर्पा र कोषाध्यक्ष विकास शाही मजदुर क्याम्पमा पुग्नुभएको थियो । उहाँहरुकै रोहबरमा नेपालीहरुलाई सम्झाइबुझाइ गरिएको थियो ।

दुबई प्रहरीले वर्तमान समयमा संयमित हुन भन्दै घटना दोहोरिए कडा कारबाही गर्ने चेतावनी दिएको छ । कामदारले कम्पनीका म्यानेजर सुपरभाइजरले कुटेको भने पनि मन्सुर नाम गरेका एक बंगलादेशी कामदारले कुटेको प्रहरीलाई उद्धृत गर्दै एनआरएन यूएईका उपाध्यक्ष शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो ।

झडप भएको मजदुर शिविरमा झन्डै ३ सय धेरै नेपाली कामदर बस्दै आएका छन् । त्यस कम्पनीमा समस्यामा परेका नेपालीलाई एनआरएन यूएई नेपाली समाज अन्तरगतका संघसस्थाहरुले राहत दिँदै आएका छन् ।

0 0 vote
Article Rating
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Kalyan Sharma

Haina Yo nepal haru jaha gaye pani aukat dekhaunai parne fight khelera basne time ho ta yo ??

Top
1
0
Would love your thoughts, please comment.x
()
x