कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पुल्चोकको आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सिल

ललितपुर- कोरोना संक्रमित युवती काम गर्ने ललितपुरको पुलचोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सिल गरिएको छ ।

आरोग्य केन्द्रमा मिर्गौलाको डायलासिसलगायत उपचार हुने गरेको छ । एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो ।

मंगलबार राति कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया (नर्स) युवती प्रतिष्ठानकी कर्मचारी रहेको खुलेपछि उक्त प्रतिष्ठानमा सिल गरिएको हो ।

संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् ।

भक्तपुर मा बस्ने उनको हिजो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएका कारण प्रतिष्ठानलाई सिल गरिएको हो ।

Top