रुपन्देही, पर्सा, कपिलवस्तु र नवलपरासीमा २४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । कपिलवस्तु, रुपन्देही, पर्सा र नवलपरासीमा थप २४ जना कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा १ जना कोरोना संक्रमित फेला परेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।

Top