कमजोर व्यवस्थापनले उपत्यकामा संक्रमण तीव्र

सुनसरीको झुम्काबाट सोमबार मोटरसाइकलमा काठमाडौं आएकी एक युवतीको स्वाब परीक्षण गराउँदा कोरोना भएको पुष्टि भयो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार सुरु भएको छ । गाउँबाट आएकी उनी ठिमीको शंखधर चोकको यचु पार्टी प्यालेससँगैको एक घरमा साथीको कोठामा बसेकी थिइन् । कुनै लक्षण नभए पनि उनी कार्यरत अस्पतालले काममा फर्कनुअघि परीक्षण गर्न पठाउँदा संक्रमण देखिएको हो ।

त्यस्तै, काठमाडौंको चन्द्रागिरि, मच्छेगाउँ बस्ने एक युवतीमा मंगलबार संक्रमण देखियो । उनी सोमबार कञ्चनपुरको वेदकोट नगरपालिका–१०, हरपालबाट काठमाडौं आएकी थिइन् । चैत पहिलो साता काठमाडौंबाट गएकी उनी सशस्त्र प्रहरीको गाडीमा फर्किएकी थिइन् । उनका पति सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत छन् । उनले श्रीमतीलाई परीक्षण गराउन सशस्त्रको बलम्बुस्थित अस्पताल लगेका थिए । परीक्षण क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।

Top