शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना

काठमाडौं । काठमाडौं त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको छ । उनी कपिलवस्तुकी ६ वर्षीया बालिका भएको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी प्रेमकृष्ण खड्गाले उनी अस्पतालमा भर्ना भएको बताए । उनी नाक कान घाँटी विभागमा चेकजाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो ।

Top