
काठमाडौं- नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ।
काठमाडौंमा गरिएको परीक्षणअनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
अन्य २ जना भने धादिङ र धनुषाका व्यक्तिहरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीबार साँझमा जारी सूचनामा भनिएको छ।