नेपाली र भारतीयको यो बानीले गर्दा कोरोना नियन्त्रणमा अप्ठ्यारो

कोरोनाभाइरसबाट बच्नका लागि बारम्बार हात धुने, सरसफाइ गर्ने र सामाजिक दूरी कायम गर्ने सल्लाह दिइन्छ । त्यसबाहेक कोरोना फैलाउन सहायता गर्ने अन्य बानीहरूलाई पनि हामीले त्याग्नुपर्ने हुन्छ ।

नेपाल र भारतमा मानिसहरू सडकमा हिँड्दा वा सार्वजनिक स्थानमा हुँदा समेत पिच्च पिच्च थुकिदिने गर्छन् । यो अशिष्ट व्यवहार हो र स्वास्थ्यका दृष्टिकोणले पनि हानिकारक छ ।

स्वास्थ्यविद्हरूका अनुसार, कोरोनाभाइरस थुकबाट समेत फैलिन्छ । कोरोना संक्रमित व्यक्तिले खुला ठाउँमा थुक्दा थुकबाट २४ घन्टाभित्र संक्रमण फैलिन सक्छ ।

सार्वजनिक स्थानमा नथुक्नका लागि जागरुकता अभियान चलाउनुपर्ने भएको छ किनकि थुक्ने बानीले मानिसको ज्यान लिन सक्ने सम्भावना रहन्छ ।

बेलायतमा एक रेलवे कर्मचारीलाई कोरोना संक्रमितले थुकेपछि ज्यान गएको घटना यहाँ सान्दर्भिक हुन्छ ।

पान र खैनी खानेहरू जतिखेर पनि थुकिरहेका हुन्छन् । विज्ञहरूका अनुसार, कुनै व्यक्ति अर्काको थुक नजिक पुगेमा थुकिएको ठाउँलाई छुनु हुँदैन । थुक झुक्केर कपडामा आयो भने तत्कालै कपडा फेर्नुपर्छ र कपडाहरूलाई तातो पानीमा धोएर कीटाणुमुक्त गर्नुपर्छ ।

Top