टिचिङ अस्पतालका सफाइ कर्मचारीमा पनि कोरोना संक्रमण, भारतबाट आएका एक जना सशस्त्रको क्याम्पमा

काठमाडौं । दाङमा ती व्यक्ति कोरोना संक्रमित भएको सार्वजनिक भएकोमा एक जना काठमाडौंमै बसोबास गर्दै आएको खुलेको छ । तुलसीपुर उपमहानगरपालिका ७ खर्चवा गाउँका ती ३४ वर्षीय युवक काठमाडौंस्थित टिचिङ अस्पतालका सफाइ कर्मचारी भएको खुलेको हो ।

उनी लामो समयदेखि काठमाडौं बस्दै आएका थिए । यद्यपि, उनले परीक्षण गराउँदा भने आफ्नो ठेगाना दाङ तुलसीपुर राखेका थिए ।

अन्य दुईजना संक्रमित व्यक्ति दाङको गढवा गाउँपालिका–४ र ५ वडाका हुन् । उनीहरु केही दिनअघि भारतबाट आएको र भारतबाट घर फर्कने क्रममा कपिलवस्तुको कृष्णनगरको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको स्वाव संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो । प्रतिष्ठानमा पोजेटिभ देखिएपछि नेपालगन्जमा पुनः परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको हो ।

कृष्णनगरबाट गढवा जाँदा ती दुई जनासँगै एम्बुलेन्समा अन्य तीनजना पनि चढेको बताइएको छ । एक जना भने कालाकाटे सशस्त्र प्रहरीको क्याम्पमा झरेको खुलेको छ ।

Top