हाम्रा कोही कर्मचारीमा कोरोना संक्रमण भएको छैन : त्रिवि शिक्षण अस्पताल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्ना कुनै पनि कर्मचारीमा कोरोना भाइरसको संक्रमण नेखिएको स्पष्ट पारेको छ ।

अहिलेसम्म अस्पतालमा कार्यरत कोही कर्मचारीमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि नभएको आज एक विज्ञप्ती जार्दै अस्पतालले प्रष्ट पारेको हो । हतारमा सत्यतथ्य नबुझी समाचार सम्प्रेशण गरेर त्रास नफैल्याउन पनि अस्पतालले आग्रह गरेको छ ।

जेठ १ गते संक्रमण देखिएकी ६ वर्षीया बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको अस्पतालले उनीमार्फत संक्रमणको सम्भावना रहेकाहरुलाई आइसोलेसनमा राख्ने र परीक्षण गर्ने कार्य भइरहेको स्पष्ट पारेको छ ।

Top