थप १८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ३७५ पुग्यो

काठमाण्डौ – नेपालमा सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

सोमबार एकैदिन ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।

पछिल्लो रिपोर्ट अनुसार सबैभन्दा धेरै १२ जना बाँकेको रैनापुरका पुरुष रहेका छन् । त्यस्तै धनुषाका दुई जना पुरुष, खोटाङ हलेसीका एक जना पुरुष, दैलेख आठबिस-१ का एक पुरुष, सुनसरीका एक पुरुष र झापाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

दैलेखमा एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै सोमबार पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना देखिएको छ ।

Top